फिल्म ‘दाल भात तरकारी’को नयाँ गीतमा प्रियंकाको यस्तो ‘हट अवतार’ (भिडियो)

काठमाडौं, वैशाख १४
बहुप्रतीक्षित तथा फिल्म ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । आज सो फिल्मको ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत सार्वजनिक भएको हो ।

निर्माण पक्षले जेठ २० गतेको प्रदर्शन मिति नजिकिँदै गर्दा नयाँ गीत सार्वजनिक गरेको हो । यो फिल्म मह सञ्चारको ब्यानरमा निर्माण भएको हो ।

सार्वजनिक गीतमा नायिका प्रियंका कार्कीलाई हट अवतारमा देख्न सकिन्छ । सो गीतमा शम्भुजित बाँस्कोटाले धुन भरेका छन् भने हरिवंश आचार्यको शब्द छ । गीत मिना निरौलाले गाएकी हुन् ।

सो गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्मको मुख्य कलाकारमा हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का र आँचल शर्माले मुख्य भूमिकामा काम गरेका छन् ।

अन्य कलाकारमा वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सनविक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायत रहेका छन् ।

प्रकाशित मिति १४ बैशाख २०७६, शनिबार १२:४९
Loading...