यस्तो बन्यो फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर (भिडियो)

काठमाडौं, वैशाख १३
फिल्म ‘वीर विक्रम–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम आयोजना गरी सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा अधिकांश कलाकारलाई देखाइउको छ । सो फिल्ममा पल शाह, वर्षा शिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङलगायतले मुख्य भूमिकामा काम गरेका छन् ।

मिलन चाम्सले यस फल्मलाई निर्देशन गरेका छन् । फिल्म आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउनेछ । ‘वीर विक्रम–२’ विल्कुलै नयाँ कथामा निर्माण भएकाले कारण यो यसअघि सफल मानिएको फिल्म ‘वीर विक्रम’को सिक्वेल नभएको निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति १३ बैशाख २०७६, शुक्रबार १६:०६
Loading...