‘हजार जुनीसम्म’को पूर्वेली भाकाको ‘एमजी रोडैमा’ गीत सार्वजिनक (भिडियो)

काठमाडौं, वैशाख ११
फिल्म ‘हजार जुनीसम्म’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम गरी ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीत पूर्वेली भाकामा सजिएको छ । सो गीत
राजनराज शिवाकोटीले लेखेका हुन् भने संगीत पनि उनकै छ । गीतमा स्वर शिवाकोटी र मेलिना राईको रहेको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

गीतमा कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई देख्न सकिन्छ । अखिलेस यसै फल्मबाट डेब्यु गर्दैछन् । यस फल्मका लागि आगामी साउन ३० गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

प्रकाशित मिति ११ बैशाख २०७६, बुधबार १०:५३
Loading...