जहाँ २० रुपैयाँमै छानी–छानी सुन्दरी गर्लफ्रेन्ड भाडामा पाइन्छ !

एजेन्सी, मंसिर १०
भाडामा गर्लफ्रेन्ड पाइन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । पश्चिमा देशहरूमा युवा–युवतीमा प्रेमी–प्रेमिकाप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भाडामा गर्लफ्रेन्ड–ब्वाइफ्रेन्चडको सेवा दिन थालिएको छ ।

यो खबर हाम्रै छिमेकी देश चीनको हो । उक्त देशमा मात्रै २० रुपैयाँमा छानी–छानी गर्लफ्रेन्ड भाडामा पाउन सकिन्छ । यस्तो अपत्यारिलो सेवा भने त्यहाँको गुआंगडोंगस्थित एक सहरमा पाइन्छ ।

उक्त राज्यमा सुन्दरी युवती दिनहुँ ग्राहकको पर्खाइमा बसेका हुन्छन् । त्यहाँ जाने पुरुषले आफूलाई मन लागेकी युवतीलाई मात्रै २० रुपैयाँमा लिएर जान सक्छ ।

तर, यसका नियम भने विचित्रका छन् । प्रेमिका लिएर जानेले २० रुपैयाँमा २० मिनेट गर्लफ्रेन्ड लैजान पाउँछ । २० मिनेटपछि ठीकठाक फिर्ता गर्नुपर्छ ।

यसरी सस्तैमा पाइने गर्लफ्रेन्डसँग के–के गर्न पाइएला ? यो पनि भनिहालौं । २० मिनेटसम्मका लागि पाइने यस्ता भाडाका गर्लफ्रेन्डसँग मनमौजी गर्न भने पाइँदैन । उनीहरूलाई नजिकैको बगैंचा तथा पार्कमा लिएर घुम्न, गफगाफ गर्न सकिन्छ । आफूसँग पैसा र इच्छा भए सपिङसमेत गराउन पाइन्छ ।

त्यसैगरी, २० रुपैयाँमा पाइने भाडाकी गर्लफ्रेन्डसँग विशेष डेट गर्न पनि पाइन्छ । खाना खान पाइन्छ । तर, यी सबै काम तपाईंले २० मिनेटमै सकाउनुपर्ने हुन्छ । यदि तपाईंलाई २० मिनेटमा आफूले चाहेका काम पूरा गर्न सक्नुभएन भने हरेक मिनेटअनुसार थप पैसा तिर्नुपर्छ ।

२० रुपैयाँमा पाइने यस्ता गर्लफ्रेन्डलाई तपाईंले छुन वा चुम्बन गर्न वा अंकमाल गर्न भने पाइँदैन । उनीहरूसँग शारीरिक सम्पर्क राख्ने कुरा त परकै भइहाल्यो ।

प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार ०४:२२
Loading...