कोरोना अपडेट : खाडीमुलुक ६ देशको पछिल्लो अवस्था यस्तो छ ।

काठमाडौं २१ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म ३४ लाख भन्दा धेरै संक्रमित भएका छन् भने, २ लाख ४० हजारले ज्यान गुमाइसकेको छ ।

चीनको वुहानबाट देखा परेको कोरोना भाइरस विश्वको दुईसय भन्दा देशमा फैलिसकेको छ । त्यस्तै लाखौं नेपाली कामदार रहेको खाडी मुलुको ६ देशमा पनि कोभिडको संक्रमण बढ्दो छ ।

हेर्नुहोस् खाडीमुलुक ६ देशको ताजा अपडेट :

कतार

सङ्क्रमित सङ्ख्या : १४ हजार ८७२ ज‍ना । (१५ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १४ सय ३४ जना ।

अस्पतालमा उपचाररत : १२ हजार ६४८ जना ।

मृतकको सँख्या : १२ जना ।

कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ ।

युएई 

सङ्क्रमित सङ्ख्या : १३ हजार ३८ (१२ जना नेपालीसहित ।)

निको भएर घर फिरेकाहरु : २५ सय ४३ जना (दुई नेपालीसिहत)

अस्पतालमा उपचाररत : १० हजार ३८४ जना । (८ नेपालीसहित)

मृतकको सँख्या : १११ जना । (२ नेपालीसहित)

साउदी 

सङ्क्रमित सङ्ख्या : २५ हजार ४५९ जना (३१ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : ३ हजार ७६५ जना (६ जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : २० हजार ३७३ जना । (२५ नेपालीसहित)

मृतकको सँख्या : १७६ जना ।

बहराईन

सङ्क्रमित सङ्ख्या : ३ हजार २७३ जना । (१५७ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १५ सय ६७ जना ।

अस्पतालमा उपचाररत : १६ सय ७ जना।

मृतकको सङ्ख्या : ८ जना ।

कुबेत

सङ्क्रमित सङ्ख्या : ४ हजार ६१९ जना । (७५ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १७ सय ३ जना ।

अस्पतालमा उपचाररत : २७ सय ४५ जना ।

मृतकको सङ्ख्या : ३३ जना ।

ओमन

सङ्क्रमित सङ्ख्या : २४ सय ८३ जना ।

निको भएर घर फिरेकाहरु : ७५०जना ।

अस्पतालमा उपचाररत : १७ सय २२ जना ।

मृतकको सँख्या : १२ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

( अपडेट  : बैैैशाख २१ आईतबार राति १०:०० बजे नेपाली समय )

प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार ०३:३०
Loading...