कोरोना मुक्त काठमाडौं उपत्यका

काठमाडौं ११ वैशाख / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घइरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।

त्यस्तै नेपाल सरकारले पनि चैत ११ गतेबाट घोषणा गरेको लकडाउन आज १ महिना पूरा भएको छ । स्वस्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४७ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या ९ पुगेको छ ।

आजमात्र बेलायतबाट फर्किएका २ जना कोरोना संक्रमित पाटन अस्पतालबाट डिस्चार्ज भएपछि काठमाडौं उपत्यका कोरोना मुक्त भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत फ्रान्सबाट आएकी युवती र धादिङका एक युवा कोरोनालाई जितेर केहिदिन अगाडि मात्र घर फर्केका हुन् ।

अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमित बिरामी छैन ।

प्रकाशित मिति १५ बैशाख २०७७, सोमबार ०१:३६
Loading...