कत्तिको हानिकारक हुन्छ, महिना’वारी रोक्ने औषधि

काठमाडौँ । पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिना’वारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछन । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिना’वारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईन्छ ।

तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् । महिना’वारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ ।

डाक्टरको सल्लाह बिना महिना’वरी सार्ने औषधि प्रयोग गर्दा बिभिन्न समस्याहरु आई पर्न सक्ने महिला प्रसुती तथा बिशेषज्ञ डा. सुनीलमणी पोख्रेल बताउनुहुन्छ । महिना’वारी रोक्ने औषधीको प्रयोगले महिलाहरुमा बढि र’गत बग्ने समयमा महिना’वारी नहुने पेट दुख्ने लगाएतका समस्याहरु आईपर्न सक्ने प्रशुति रोग बिशेषज्ञ डाक्टरहरुको भनाई छ ।

महिना’वारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिना’वारी गडवड भई बढि र’गत बढ्न सक्ने प्रशुति बिशेषज्ञ डा. केशवराज भुर्तेलको भनाई छ । यस्ता खालका औषधीको प्रयोग गरेका महिलाहरु बिभिन्न समस्या लिएर आफुकाहा आईरहेने फेरी प्रसुती तथा बिशेषज्ञ डा. पोख्रेल बताउनु हुन्छ ।

यो औषधि हर्मोनको चक्की हो र महिला महिना’वारी हुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । साधरण तथा यस्ताखालको हर्मोन बढाउने औषधी जुनसुकै औषधी पसलमा पनि बिक्रि बितरण गरेको पाईन्छ । हानिकारक हुने थाहा पाएर पनि महिलाहरुले यस्ता औषधी प्रयोग गरेको पाईन्छ ।

 

प्रकाशित मिति १५ पुष २०७६, मंगलवार १०:११
Loading...