किलोको १० रुपैयामा प्याज बिक्री गर्न थालेपछि पक्राउ

भारतको मध्य प्रदेशमा दुई व्याक्तीले प्याज चोरी गरेर १० रुपैया किलो बेच्न थालेपछि मानिसहरुले उनलाई प्रहरीको जिम्मा लगाएका छन ।

प्याजको मुल्य बढेको देखेपछि एक गोदामबाट १२ बोरा प्याज, २ बोरा लसुन चोरी गरी यसरी मुल्यमा बेचेका हुन । यती सस्तो पाएपछि मानिसहरुको भिड लागेको थियो । जसका कारणले मानिसहरुले उनीहरुको पुरै प्याज किनेका थिए ।

त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । उनीहरुले चोरी गरेको गोदामका मानिसहरुले प्रहरी लिएर गै उनीहरुलाई पक्राउ गरेका थिए । दुबैले अपराध स्वीकार गरेका छन भने यसको कारण भनेको बढ्दो प्याजको मुल्यबृद्धि बताएका छन ।

जसका कारणले उनीहरुलाई अदालत लगिएको बताइएको छ । यो निक्कै नै अचम्मको घटना रहेको बताइएको छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार ०३:३२
Loading...