१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम

काठमाडौँ । गायक रामकृष्ण ढकालले गएका माया प्रेमका यस्ता दर्जनौँ गीतले धेरैको जीवनमा मेला खाए होलान् । उनका मर्मस्पर्शी गीतहरु अहिले पनि उत्तिकै घन्किने गरेका छन् ।

उनै ढकालका धेरै गीतमध्ये यो गीत उनको आफ्नै जीवनमा पनि केही हदसम्म मेल खान पुगेको छ । माथि गीतमा भनिएजस्तै उनको श्रीमती निलम शाहले अन्तै माया साटेकी भने होइनन् तर रामकृष्णसँग सँगै जिउने सँगै मर्ने बचन र कसम भने उनले तोडेकी छिन् । बुधबार ढकाल दम्पत्तिको सम्बन्धबिच्छेदसँगै सबै बाचा र कसम तोडिएको हो ।

अर्थात ढकालपत्नी निलमको निवेदनको आधारमा बुधबार जिल्ला अदालत काठमाडौँमा उनीहरुको सम्बन्धविच्छेदको मिलापत्र भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशमा सम्बन्धविच्छेदमा मिलापत्र भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए । अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो । यस्तै रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् । तत्काल भने रानी निलमसँगै रहनेछिन् ।

१७ वर्षपछि सम्बन्धमा पूर्णविराम ! – ४५ वर्षीय ढकाल निलमसँगको १७ वर्षे सहयात्रापछि एक्लो जीवन जिउने अवस्थामा पुगेका छन् । उनले निलमसँग १७ वर्षअघि अर्थात २०५९ सालमा प्रेम बिबाह गरेका थिए । कार्यक्रमकै दौरानमा निलमसँग पटकपटकको भेटमा प्रेम बसेपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।

कतिपयले यो जोडीलाई उदाहरणीय जोडीको रुपमा लिँदै आएकोमा हाल एकाएक सम्बन्धबिच्छेद हुनुलाई आश्चर्यको रुपमा समेत हेरिएको छ । विगतमा विभिन्न कलाकारको पारिवारिक कहल मिडियासम्म आइपुग्ने गरेको उदाहरण भएपनि ढकालको भने बाहिरिएको थिएन । यस्तै विभिन्न औपचारिक समारोहमा पनि उनले छोरी र निलमको निकै तारिफ गर्ने गर्थे ।

प्रकाशित मिति ९ पुष २०७६, बुधबार १७:३१
Loading...