सुवास रेग्मीको ‘किन हो र’ सार्वजनिक, भिडियो सहित।

काठमाडौँ। सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित बनाइसकेका सफल संगीत व्यावसायी टेलिभिजन कार्यक्रम प्रस्तोता, गीतकार, मोडेल एवम् निर्देशक सुवास रेग्मीले यसपाली भने आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरी गीत लिएर बजारमा आएका छन्।

विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानलमार्फत आज प्रकासित यस गीतलाई कलाकार तथा श्रोता दर्शकहरुले व्यग्र प्रितिक्षा गरिरहेका थिए जसको चर्चा परिचर्चा केहि महिना अगाडी देखि नै नेपाली सांगीतिक बजारमा थियो।

लोकप्रिय गायक बद्री पंगेनी र गायिका प्रिया भण्डारीको आवाजमा रहेको यस गीतलाई संगीत भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले गरेका हुन्। जसमा संगीत संयोजन आशिष अविरलको रहेको छ।

गीतको भिडियोलाई लोकदोहोरी भिडियोकै महानायक बनेर जनजनको मनमा बस्न सफल अनि लोकप्रिय निर्देशक एवम् मोडेल शंकर बिसीले निर्देशन गरेका हुन् भने अभिनय पनि उनै प्रिय निर्देशक शंकर बिसिकै रहेको छ। जसलाई साथ् दिएकी छिन अत्यन्तै सम्भावना बोकेकी मोडेल कविता आचार्यले र छायांकन गरेका छन् दुर्गा पौडेलले, सम्पादन चाहिँ नविन घर्ति मगरले गरेका हुन्।

गीतको अडियो तथा भिडियो धेरै मिहेनेत गरेर बनाइएकोले राम्रो बजार पाउन सफल हुने गीत निर्माण टिमले बताएको छ। समग्रमा हेर्दाखेरी गीत अत्यन्तै राम्रो बनेको छ। निर्माण टिमले भने जस्तै राम्रो बजार पाउनेमा कुनै दुबिधा देखिदैन, हाम्रो तर्फदेखी पनि यस गीत र गीतसङ्ग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक टिमफाई सफलताको शुभकामना। लाली गुराँसबाट

भिडियो हेर्नुहोस्।

प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार ०५:०३
Loading...